झुट्टा मुद्धा खडा गरेर कुनै पनि बेला जो कसैलाई पक्राउ गर्न सक्छः केपी ओली
६ वैशाख, काठमाडौँ । हिरासत र अस्पताल दुबै ठाउँबाट मुक्त भएर घरमा आराम गरिरहनुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले झुट्टा मुद्धा खडा गरेर कुनै पनि बेला जो कसैलाई पक्राउ गर्न सक्ने बताउनुभएको छ ।
एमाले सचिव भानुभक्त ढकाल र केन्द्रीय सदस्य विशाल भट्टराईसँगको आइतबारको भेटमा ओलीले यस्तो बताउनुभएको भट्टराईले फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँले पार्टी एकताको नाममा प्रचण्ड र नारायणकाजीसँग केही कुरा नभएको पनि दाबी गर्नुभएको छ ।

यस्तो छ भट्टराईले फेसबुक मार्फत सार्वजनिक गरेको टिप्पणी
अध्यक्षज्युको स्वास्थ्य अवस्था निकै सुदृढ देखियो।
हुनत: राजनीति र स्वास्थ्यमा यत्तिको प्रतिकूलता बिरलै मानिसले ब्यहोरेका होलान । केपी शर्मा ओली केहि कारणले जिवित हुनुहुन्छ भने त्यो उहाको उच्च मनोबलका कारणले नै हो भनेर आसानीका साथ भन्न सकिन्छ।
गैरकानूनी थुनामा पुर्याइएपछि उहाको पित्त थैलीमा २४ MM को पत्थर देखियो र शल्यक्रिया गरियो, शल्यक्रिया कक्षमा लगेपछि हर्नियाको समेत शल्यक्रिया भएछ्। यत्तिको उमेरमा, त्यस्तो प्रतिकूल स्वास्थ्य अवस्था हुदा पनि हामीले ICU मा भेट्दा हसिलो मुद्रामा बोल्नुभो , आज डिस्चार्ज भएको दोश्रो दिन हामी उहाको निवास पुग्दा बाहिर बसिरहनु भएको देखेर आस्चर्य लाग्यो। अझ हिडेर घरभित्र पसेको देख्दा थप आश्चर्य लाग्यो।
उहाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौं।
बिरामी अवस्थामा पनि उहाले बर्तमान राजनीतिका सन्दर्भमा अनौपचारिक रुपमा भन्नुभएका केहि महत्त्वपूर्ण बिषय उल्लेख गर्नु उपयुत्त ठानेको छु –
१) नेकपाका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ लगायतका धेरै नेताहरु स्वास्थ्यलाभको कामना गर्न अस्पताल आउनुभएको हो , पार्टी एकता सम्बन्धी कुनै कुरा भएको छैन ।
तर पार्टी एकता कहिल्यै पनि हुदैन वा जसरी पनि र जस्तोसुकै अवस्थामा पनि हुन्छ भन्ने दुबै गलत कुरा हुन ।
२) आजका सन्दर्भमा नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रम लाई स्वीकार गर्ने शक्तिसंग मात्र एकता हुनसक्छ्। पहिलाको जस्तो सैध्दान्तिक , बैचारिक र सांगठनिक एकरुपता बिनाको पार्टी एकता सम्भव छैन्।
३) एमालेको एघारौं राष्ट्रीय महाधिवेशनको नीति र नेत्रृत्वलाई स्वीकार गर्नेहरुसंग मात्र पार्टी एकता गर्न सकिन्छ।
४ ) आफू पूर्णतः स्वस्थ भएपछि पार्टीका नियमित गतिबिधिमा फर्कने र देशब्यापी रुपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने ।
४) वर्तमान सरकारले आफूलाई गरेको धरपकड प्रतिसोधपूर्ण र पूर्वाग्रहपूर्ण थियो र अदालतले छुटकारा दियो तर अनेकन् झुट्टा मुद्धा खडा गरेर कुनै पनि बेला जो कसैलाई पक्राउ गर्न सक्छ।
”मेरा हकमा हिजो लगाईएको प्रत्येक लान्छनाको छानबीन होस र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबीन गरियोस र सत्यतथ्य बाहिर आवस्। यस्ता प्रत्येक मुद्दाको निष्पक्ष छानबीन भए हामी सामना गर्न तयार छौं।”
प्रकाशित मिति : 21:29









