१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

युनियन हाइड्रोपावरको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

६ वैशाख, काठमाडाैं । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। सभाको १:१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे छ । सभाबाट पारित भएसँगै अब कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ ।

साथै, सभाबाट कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आफूलाई ‘होल्डिङ कम्पनी’ मा परिणत गर्ने निर्णय गरेको छ। सभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड” राख्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरिनेछ ।

प्रकाशित मिति : April 19, 2026 at 5:44 pm