१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

६ वैशाख, काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २० गते काठमाडौंकोमहाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजे विशेष साधारण बोलाएको छ ।

उक्त सभामा शतप्रतिशत हकप्रद निष्कासन गर्ने र उक्त निष्कासनबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।यस्तै सभामा नियमानकारी निकायबाट कुनैपनि विषयमा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : April 19, 2026 at 4:46 pm