९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

६ वैशाख, काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

सो समितिमा १५ सदस्य थपेर पूर्णता दिइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।

काे-काे छन् समितिमाः

१. वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी

२. वरिष्ठ अधिवक्ता हरिहर दाहाल

३. वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का

४. वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने

५. वरिष्ठ अधिवक्ता शेर बहादुर के.सी.

६. वरिष्ठ अधिवक्ता यदुनाथ खनाल

७. वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे

८. वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी

९. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

१०. वरिष्ठ अधिवक्ता सिताराम के.सी.

११. वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत

१२. अधिवक्ता रनबहादुर थेवे

१३. अधिवक्ता शर्मिला श्रेष्ठ

१४. अधिवक्ता झलमाया वि.क.

१५. अधिवक्ता निरज गुप्ता

सदस्य सचिव: अधिवक्ता राजु कटुवाल

प्रकाशित मिति : April 19, 2026 at 2:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/