६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छः लिङ्देन

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राजतन्त्र पुनर्स्थापनाको सम्भावना अझै समाप्त नभएको बताउनुभएकाे छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सहमति र सिद्धान्तमा आधारित शासन प्रणालीले मात्र देशलाई स्थायित्व दिन सक्ने उल्लेख गर्नुभएकाे छ ।

लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिँदै पार्टीको आधार त्याग, संघर्ष र युवावस्थाको मेहनतबाट बनेको बताउनुभएकाे छ ।

उहाँले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने बताउनुभयाे । आफ्नो गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्ने उहाँको भनाइ छ ।

उहाँले लेख्नुभएकाे छ,‘ राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत पसिना र बैंस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन । न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ। आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ ।”

प्रकाशित मिति : 12:53