६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड

६ वैशाख, काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले चैत ८ गतेदेखि चैत २३ गतेसम्म आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो।  बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका आवेदकलाई आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो।

प्रकाशित मिति : 12:27