५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

रास्वपा तारकेश्वरको अध्यक्षमा पुनः ईश्वर अर्याल निर्वाचित

५ वैशाख, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तारकेश्वर गाउँपालिका अधिवेशनबाट सभापतिमा पुनः ईश्वर अर्याल निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनले अर्यालतको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा प्रेमप्रसाद वस्ती, सचिवमा केशवप्रसाद अधिकारी र सहसचिवमा यमनारायण श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा जनकप्रसाद सिग्देल, कुमार तामाङ, अनिषा पौडेल अधिकारी, सुलोचना सुनार र सन्सरी गुरूङ चयन हुनुभएको छ ।

प्रकाशित मिति : 22:59