आरएसडिसी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
४ वैशाख, काठमाडाैं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशत घटेर १४ करोड ७६ लाख रुपैयाँमा सिमित बनेकाे छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशत घटेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित छ। पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटीबाट ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.४६ रुपैयाँ, तरलता अनुपात २०.१७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२४.०७ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 10:13









