७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने

३ वैशाख, काठमाडौं । राप्रपाले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ ।  पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय भइरहेको जानकारी दिनुभएकाे हाे ।

केन्द्रीय सचिवालयको आयोजनामा हुने यी समीक्षा बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुनुहुनेछ। अध्यक्षसँगै पार्टीका अन्य केन्द्रीय पदाधिकारीहरू पनि सातै प्रदेशमा पुगेर समीक्षा बैठकमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : April 16, 2026 at 5:13 pm