३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब ३१ करोडको कारोबार

३ वैशाख, काठमाडाैं । बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेको छ। बिहिबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६१ करोड ८० लाख ४३ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, शिखर पावर डेभलपमेन्टको सेयरमा सकरात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ९.४७ प्रतिशत घटेको छ।

प्रकाशित मिति : 15:28