५ कम्पनीमा सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
३ वैशाख, काठमाडाैं । बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेको छ। बिहिबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, शिखर पावर डेभलपमेन्टको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:19









