सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले उम्मेदवारी दिने
३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिने भएको छ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदमा पार्टीबाट उम्मेदवारी रहने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी हुनुहुन्छ । कांग्रेसले अन्य विपक्षी दलहरूसँग पनि यसबारे छलफल गर्ने बताएको छ। आज संसदीय समितिहरूको सभापति चयनका लागि उम्मेदवारीको कार्यक्रम छ।
प्रकाशित मिति : 11:35









