३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

३ वैशाख,  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिने भएको छ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदमा पार्टीबाट उम्मेदवारी रहने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।

लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी हुनुहुन्छ । कांग्रेसले अन्य विपक्षी दलहरूसँग पनि यसबारे छलफल गर्ने बताएको छ। आज संसदीय समितिहरूको सभापति चयनका लागि उम्मेदवारीको कार्यक्रम छ।

प्रकाशित मिति : 11:35