सिटी होटलको २ करोड ७१ लाख कित्ता सेयरको लक इन अवधि सकिँदै
३ वैशाख, काठमाडौं । सिटि होटल लिमिटेडको लकइन अवधि आगामी जेठ महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते सकिने भएको हो ।
जसमा संस्थापक सेयर संख्या २ करोड ७१ लाख १८ हजार ८०० कित्ता र कर्मचारीहरुको सेयर संख्या १ लाख २० हजार ५२८ कित्ता रहेको छ । लक–इन अवधि समाप्त भए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर अझै रोक्का रहने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : 09:43









