३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

एनआईसी एशिया लघुवित्तको नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३ वैशाख, काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा १२ लाख ९८ हजार रुपैयाँ मात्र थियो।

 समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ८३५६.०३ प्रतिशत बढेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ७.८६ प्रतिशत बढेको छ भने कर्जा लगानी १२.३१ प्रतिशत बढेको छ।

चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २४.८१ रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १० पैसा बढेर ८ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७४.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रकाशित मिति : 09:29