तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डकाे अनुमति, कुनकाे कति ?
२ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन तीन कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
एभरेष्ट कलर लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले २५ लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई १०० रुपैयाँ अंकित दमा ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : 18:44









