२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

एपोलो हाइड्रोपावरको आइपीओमा पर्याे झण्डै ४२ गुणा आवेदन

२ वैशाख, काठमाडौं। एपोलो हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म माभभन्दा करिब ४२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको २८ लाख ७५ हजार ३७२ जनाले ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन पदिउका छन् ।

यो मागभन्दा ४१.९५ गुणा बढी आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाका कारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा पाउनेछन् । भने २७ लाख बढीको हात खाली हुने निश्चित छ ।

प्रकाशित मिति : 17:44