३३.२७ अंकले बढ्यो नेप्से, १० अर्ब ५३ करोडको कारोबार
२ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बसधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको हो । यस दिन २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ९ लाख ६३ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
यस दिन ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हाे । रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।
प्रकाशित मिति : 15:23









