८ असार २०८३, सोमबार | Mon Jun 22 2026

शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बसधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको हो । यस दिन २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ९ लाख ६३ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको ५७ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन रिलायन्स स्पिनिङ मिल्सको, ४९ करोड ४१ लाख ९२ हजार रुपैँया, सोलु हाइड्रोपावरको ४१ करोड ३२ लाख १४ हजार रुपैयाँ, रिडी पावर कम्पनीको ३७ करोड ६५ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 15, 2026 at 3:16 pm