कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी भएकाे हो ।
यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो । सो बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : 14:56









