रास्वपाले बोलायो संसदीय दलको बैठक
२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्न लागेकाे हाे ।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : 11:56









