२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

२ वैशाख, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त सेयर खरिद गर्ने आवेदन दिनुपर्ने छ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : 11:42