१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा

१ वैशाख, काठमाडौं। बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले उनले राज्यपालसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा एक्समार्फत सार्वजनिक गर्नुभएकाे छ ।

राजीनामापछि उहाँले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभएकाे छ। साथै, नयाँ बन्ने सरकारलाई आफ्नो “पूर्ण सहयोग र मार्गदर्शन” रहने बताउनुभएकाे छ ।

यस्तै उहाँले मुख्यमन्त्रीमा आफ्नो कार्यकालको पनि स्मरण गर्नुभएकाे छ । उनले लेख्नुभएकाे छ, ‘२४ नोभेम्बर २००५ मा पहिलो पटक एनडीए सरकार बनेको थियो । त्यहाँदेखि राज्यमा कानुनको राज छ र हामी लगातार विकासका काममा लागेका छौं ।’

 उहाँले आफ्नो नेतृत्वमा सबै वर्ग, धर्म, जाति र समुदायको समावेशी विकास गरिएको दाबी गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ, “शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि लगायत सबै क्षेत्रमा काम गरिएको छ। महिला र युवाहरूका लागि पनि धेरै पहल गरिएको छ।”

प्रकाशित मिति : 17:38