११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

३० चैत, काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाइएको छ। आउँदो वैशाख २ गते बुधबार बिहान ११ बजे अनुशासन समितिको बैठक बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिनुभयाे। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा अनुशासन समितिको बैठक बोलाइएको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

अनुशासन समितिको बैठकमा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निकालेको विज्ञप्तिका विषयमा छलफल हुने जनाइएको छ। खड्काले कार्यवाहक सभापति भनेर सोमबार विज्ञप्ति निकाल्नुभएकाे छ ।

यसअघि पनि खड्काले कार्यवाहक सभापति भनेर विज्ञप्ति निकाल्नुभएकाे थियाे। त्यतिबेला बसेको कांग्रेसको अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको थियो। फेरि कार्यवाहक सभापति भनेर विज्ञप्ति निकालेपछि अनुशासन समितिको बैठकमा छलफल हुने भएको हो।

प्रकाशित मिति : April 13, 2026 at 4:27 pm