३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

ईक्रा नेपालद्वारा एनएमबि क्यापिटलको रेटिङ अपग्रेड, एनएमबि सरल बचत फण्डलाई १० अर्बको सीमा स्वीकृत

३० चैत, काठमाडाैं । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्युआर) ईक्रा एनपी एएमसी टु प्लसमा स्तर वृद्धि वा अपग्रेड गरेको छ ।

यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।

कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् ।

एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४९ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।

“एनएमबि सरल बचत फण्ड–इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) अन्तर्गत हाल ५५,००० भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ ।

योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट २०८२ चैत ८ गते स्वीकृति प्राप्त गरेको छ ।

योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको माघ २ गते बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । एसआईपीमा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

प्रकाशित मिति : 15:56