३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

वर्षको अन्तिम दिन नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६६ करोडको कारोबार

३० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेको छ।

आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९३ करोड १९ लाख ४१ हजार रुपैँया बराबरको कारोबार भएको छ । आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : 15:22