१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा म्युजिक भिडियोमा 


३ फागुन, काठमाडौं  । चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा  म्युजिक भिडियोमा देख्न सकिन्छ । उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा अाउन अाग्रह गरेका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् । योगेन्द्र यस गीतका गायक पनि हुन् । गीतमा आसुपूर्ण खलिङ राईका शब्द तथा निश्चल राईको संगीत छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १५:२१

https://srdb.com.np/