१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेशनल हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेको छ।

आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९३ करोड १९ लाख ४१ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ४९ करोड १९ लाख ६२ हजार रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको, ४५ करोड ४४ लाख ३९ हजार रुपैँया, आँखुखोला जलविद्युत कम्पनीको ३८ करोड ८१ लाख ४२ हजार रुपैयाँ, एसवाइ प्यानल नेपालको ३२ करोड ८ लाख ९८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 13, 2026 at 3:19 pm