३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

६ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

३० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेको छ।

आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : 15:16