कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक
३० चैत, काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २ गते (बुधबार ) का लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।
बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिनुभयाे । कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने बताइएकाे छ ।
प्रकाशित मिति : 12:43









