२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

७८ लाख घुस खाने अख्तियारका आयुक्त राजनारायण पाठकले दिए राजीनामा

३ फागुन, काठमाडाैँ । ७८ लाख घुस खाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राष्ट्रपतिलाई राजीनामा बुझाएकाे राजीनामा दिएकाकाे राष्ट्रपति कार्यालय उच्च स्रोतले जनाएकाे छ ।

पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १४:०३