गृहमन्त्रीको हदबन्दी भन्दा बढी सम्पत्ति जफत गर्न माग
३० चैत, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता रमेश बडालले गृहमन्त्री सुधन गुरूङको हदबन्दी भन्दा बढी जग्गा जफत गर्न माग गर्नुभएको छ । फेसबुकमा रूटिन अफ नेपाल बन्दमा प्रकाशित भएको गृहमन्त्रीको सम्पत्ति विवरण हेरेर छक्क पर्नुभएको बडालले दुई प्रश्न गर्नुभएको छ ।

उहाँले सरकारले गृहमन्त्री गुरूङले हदबन्दी भन्दा बढी जमिन कहिले जवफत गर्छ ? राज्यको जानकारी विना हदबन्दी भन्दा बढी सम्पत्ति उपयोग गरेर भएको राज्यको घाटा असुलउपर गर्नुपर्ने कि नपर्ने ? भनेर प्रश्न गर्नुभएको छ ।
उहाँको टिप्पणी तल हेर्न सक्नुहुन्छ
रुटिन अफ नेपाल वन्दमा प्रकाशित भएको गृहमन्त्री सुदन गुरुङ्गजीको सम्पत्ति विवरणमा वहाको हजुर वुवाको नाममा २२१ रोपनी जग्गा भन्ने उल्लेख रहेछ । २०२१ सालमा भुमिसम्वन्धी ऐन लागु भए पछि पहाडमा ८० रोपनी भन्दा वढि जग्गा राख्न पाईदैन । २०५३ साल भन्दा पछि यो घटाएर सरकारले ७० रोपनी कायम गरेको थियो । यो कानूनलाई तपाईको परिवारले उल्लंघन गरेको रहेछ । त्यस पछि हदवन्दी भन्दा वढि जग्गा किन्न पनी नपाईनेमा तपाईले धनकुटामा र तपाईको पिताजीले चितवनमा किन्नु भएको रहेछ ।
यो नेपालको कानूनलाई आधा सतव्दी देखि तपाईको परिवारले उल्लंघन गरेको भन्ने कुरा हजुरको सम्पत्ति विवरणले देखायो । अव कहिले ति जमिन सरकारले जफत गर्छ ? यी जमिन राज्यको जानकारी विना प्रयोग गरे वापत राज्यलाई भएको घाटा तपाईवाट असुल उपर गर्नु पर्ने कि नपर्ने ?

प्रकाशित मिति : 09:53









