७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

जीवन विकास, युनिक र मानुषी लघुवित्तबीच मर्जर सम्झौता

३० चैत, काठमाडाैं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढेको छ ।

 मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ काे नामबाट एकीकृत संस्था सञ्चालन हुनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ। हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्नुहुनेछ ।

जीवन विकासको १ अर्ब ७५ करोडभन्दा बढी चुक्तापूँजीसँगै युनिक नेपाल र मानुषीको पुँजी जोडिँदा संस्थाको वित्तीय आधार अझ मजबुत बन्ने देखिएको छ। २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ।

प्रकाशित मिति : April 13, 2026 at 9:34 am