३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे त्यो दुर भएछः गोकुल बास्कोटा

३० चैत, काठमाडाैँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि व्यंग्यात्मक रोचक टिप्पणी गर्नुभएको छ । बाँस्कोटाले जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे त्यो दुर भएछ भन्दै झिक्कै झिक्कै मया तम्लाई भन्दै व्यांग्यात्मक टिप्पणी गर्नुभएको छ ।

dainiki.com

उहाँले भन्नुभएको छ, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो । देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई ! ’

प्रकाशित मिति : 09:14