प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
२९ चैत, पाँचथर । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलाई गाली गरेको भिडिओ बनाएको अभियोगमा पक्राउ परेका युट्युबर रोशन पोखरेल छुटेका छन्।
आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिनुभयाे ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । पोखरेलले ‘hades’ नामको युट्युब च्यानलबाट प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज गर्दै बनाएकाे भिडिओ सार्वजनिक गरेका थिए।
उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो। उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना सुरू भएको थियो।
प्रकाशित मिति : 17:01









