२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने बताउनुभयाे ।

उहाँले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभयाे । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने उहाँको भनाइ छ । ‘नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ,’ उहाँले भन्नुभयाे ।

कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसद संसदीय दल नेताका आकांक्षी हुनुहुन्छ ।

प्रकाशित मिति : 16:03