२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

दिपल एस०५ बन्यो सबैभन्दा गुणस्तरीय इलेक्ट्रिक एसयुभी: जेडी पावर २०२६ मा पायाे पहिलो स्थान

२९ चैत काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ ।

एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ ।

करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट विक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल इभी हो । नेपाली बजारमा लोभलाग्दो सफलता हासिल गरिरहेको एस०५ ले प्राप्त गरेको यो उपलब्धीले दिपलप्रतिको विश्वसनीयतालाई अझै उचाइमा पुर्याउनेछ ।

४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ । नेपालमा यो एसयुभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

जेडी पावरको एनईभी आईक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्छ । २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एकसय ३७ मोडेलमाथि २१ हजार एकसय ७७ जना गाडी धनीहरुसँग प्रतिक्रिया लिएर बनाइएको हो ।

यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तरसम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिंग र उत्पादन गुणस्तरमा नं १ स्थान हासिल गरेको हो ।

यो उपलब्धीले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय इभी खरिद गर्न चाहने नेपाली ग्राहकका लागि दिपल एस०५ निर्विकल्प उत्पादनका रुपमा स्थापित गरेको छ । नेपालमा दिपलले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको अवस्थामा हासिल भएको उपलब्धीले ब्रान्डको बढ्दो प्रतिष्ठा र आधुनिक इभी खरिदकर्ताहरुमाझ एस०५ को सफलतालाई मलजल गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 14:24