८ महिनामा अन्तर बैंक कारोबार ७ खर्ब ४३ अर्ब मात्रै
२९ चैत, काठमाडौं । अन्तर बैंक कारोबारमा गिरावट आएकाे छ । आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा अन्तर बैंक कारोबार ७ खर्ब ४३ अर्ब ८६ करोड मात्रै रहेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साे अवधिमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ६ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को अन्तर बैंक कारोबार १ खर्ब १४ अर्ब १५ करोड भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर बैंक कारोबार भएको थियो।
प्रकाशित मिति : 12:50









