राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
२९ चैत,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराउनु भएको थियो । साथै उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : 12:36









