२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

उद्योग वाणिज्य महासंघको साधारणसभा वैशाख २१ र २२ गते हुने

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा २०८३ वैशाख २१ र २२ गते हुने भएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।

चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो । न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेकोपछि रोकिएको थियो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतले महासंघको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : 12:25