२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

२९ चैत, काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २१ गते सुनसरीको दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा ११ बजे  १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा संस्थाको पूँजीवृद्धि योजना, सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने र अन्य वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र आबश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

 साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : 11:14