प्रधानमन्त्री बालेन शाहलाई मोदीको निम्तो, के छ तयारी ?
२९ चैत, काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ । यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा भने गरिसकेको छैन ।
परराष्ट्रमन्त्री शिशिर खनालले नवौं हिन्द महासागर सम्मेलनका सन्दर्भमा हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा सरकारले सैद्धान्तिक सहमति जनाएको बताउनुभयाे ।
परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिनुभएकाे थियाे । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पार्नुभएकाे छ । भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन ।
प्रकाशित मिति : 11:06









