२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

आईपीओ निष्कासन गर्दै माउण्ट एभरेष्ट डिष्टिलरी

२९ चैत, काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी वैशाख २० गते पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरहणरुह पारित गरिनेछ ।

प्रकाशित मिति : 10:19