चुनाव हारेका शंकरको खुशीका लागि पार्टी छाडिसकेका मुनाललाई एमालेको कारबाही
२८ चैत, काठमाडौँ । नेकपा एमाले छाडिसकेका घोराही उपमहानगरपालिकाका ४ का वडाध्यक्ष मधुसुदन शर्मा ९मुनाल० लाई कारबाही गरिएको छ । एमालेले मुनाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको हो ।
पार्टी महासचिव शंकर पोखरेललाई हराउन योगदान गरेको अभियोगमा उहाँकै निर्देशनमा कारबाही गरिएको एमालेले जनाएको छ । मुनाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले पुष्टि गर्नुभयो ।
चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलविरूद्ध गतिविधि सञ्चालन गरेको अभियोग लगाएको छ । महासचिव पोखरेलले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा मुस्किलले जमानत जोगाउनु भएको थियो ।

केही अघिदेखि नै एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको गतिबिधिमा संलग्न रहँदै आउनुभएको मुनाल कलाकार हुनुहुन्छ । उहाँलाई वडा अध्यक्षबाट समेत हटाउन सिफारिस गरिएको छ ।
मुनालले तीन दशकको कलकारिता यात्रामा उनले नाटक, टेलिश्रृंखला र ठूला पर्दाको सिनेमाहरुको निर्माण, निर्देशन तथा अभिनय गर्नुभएको छ । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान् श्रीमती’ घिमिरेले निर्माण गरेका फिल्म हुन् । मुनालले फिल्म ‘खबरदार’ र ‘इच्छा’को निर्देशन समेत गर्नुभएको छ । उहाँले पछिल्लो पटक माग्ने राजा चलचित्र प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति : 10:11









