२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

उपसभामुख रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट अलग

२७ चैत, काठमाडाैं । प्रतिनिधिसभाकाे उपसभामुख पदमा निर्वाचित भएपछि रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट अलग हुनुभएको छ । उहाँले पार्टी अध्यक्षको नाममा पत्र लेख्दै पार्टीबाट अलग भएको जानकारी दिनुभएको छ ।

dainiki.com

उहाँले शुक्रबार राति राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानन्त्री वालेन्द्र शाह बालेन सहितको उपस्थितिमा सभामुख डीपी अर्यालले उपसभामुखको शपथ गराउनुभयो ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख निर्वाचित हुनुभएको थियो । रुबीकुमारीलाई उहाँको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन रहेकाे थियाे । आज सदनमा २५६ सांसद उपस्थित हुनुहुन्थाे । यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गर्नुभएकाे छ । उहाँको विपक्षमा ५ जनाले मतदान गर्नुभएकाे छ भने २२ जना तटस्थ बस्नुभएकाे छ ।

प्रकाशित मिति : 22:31