संसदीय सुनुवाइ समिति गठन, को- को छन् सदस्य ?
२७ चैत, काठमाडौं । संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गर्नुभएकाे हाे । उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।
समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहनुभएकाे छ ।
प्रकाशित मिति : 19:07









