२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दाङकाे  एक घरमा चट्याङ परेर आगलागी हुँदा १ जना घाइते, ५ लाखकाे क्षति

३ फागुन, तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हुँदा ५ लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घरमा रहेका काठ दाउरा नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १०:५५