उपसभामुख निर्वाचनः राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको छ ।उपसभामुख निर्वाचनमा २ जना उम्मेदवार हुनुहुन्छ ।
राप्रपा सांसद सरस्वती लामा र श्रम संस्कृतिकी सांसद रूबीकुमारी ठाकुर उम्मेदवार हुनुहुन्छ । पहिले राप्रपा सांसद लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मत विभाजन भएको थियो।
लामाको पक्षमा ५ मत मात्रै आयो। साथै विपक्षमा २१५ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या ३७ जना छ। आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।
प्रकाशित मिति : 18:29









