२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

२७ चैत, काठमाडाैं । प्रतिनिधिसभाकाे उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएकाे छ । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी दिनुभयाे ।

रुबीकुमारीलाई उहाँको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन रहेकाे थियाे । आज सदनमा २५६ सांसद उपस्थित हुनुहुन्थाे । यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गर्नुभएकाे छ । उहाँको विपक्षमा ५ जनाले मतदान गर्नुभएकाे छ भने २२ जना तटस्थ बस्नुभएकाे छ ।

प्रकाशित मिति : 18:56