संसद्मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होलाः हर्क साम्पाङ
२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गर्नुभएकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘अलि अनौठो खालको बोलिन्छ । एकचोटि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला । खाली हामीले टेबल कुर्सी ठोकेर, टेबल कुर्सीमा चढेर, यो पनि त्यति राम्रो भइराखेको छैन । त्यसो भएकाले हामीले आफूलई मन लाग्दा दुई हात छन्, दुई हात बजाएर ताली ठोक्दा कति राम्रो हुन्थ्यो होला ।’
प्रकाशित मिति : 18:11









